Posts

Chakai Pare Ma

Image
(छक्कै परे म येशूको माया देखेर... हो) २ (जति गल्ती गरे पनि माया बग्छ सलल) २ छक्कै परे म येशूको माया देखेर (खुसि छु उनको मायामा, शितल छ उनको छायाँमा) २ (संसारमा हासीखुसी बाँचेर त यति मात्र हुन्न रे,  अझै, अनन्त जीवन छ है) २ येशूमा हो हो हो येशूमा बाटो सत्य जीवन छ है (छक्कै परे म येशूको माया देखेर... हो) २ जति गल्ती गरे पनि माया बग्छ सलल (सुन्दर छ येशूमा जीवन, सुन्दर छ उनको राज्यमा) २ (फेरी फेरी फर्केर त जान्न अब संसारमा भयो, धोका पाउन फेरि जादिनँ) २ येशूमा हो हो हो येशूमा मैले पाए यो जीवन (छक्कै परे म येशूको माया देखेर... हो) २ जति गल्ती गरे पनि माया बग्छ सलल John Lepcha

Yeshu ko Ghar

Image
(येशूको घर बनाउने समय आएको छ स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ) २  (यसैले आउ हात समाउ जीवित पत्थर जोडिदै जाँउ)२ (शिर ढुङ्गो यो घरको येशू बनिएको छ उहाँसंगै जोडिदै जाने समय आएको छ) २ (प्रशंसाको ढोका छ मनोहर राजालाई स्वागत जनाउन को हुन् उनि राजा वैभवको, आउछन् आफ्नो सिंहासन बसाउन) २ (सनातनको ढोका यो हेर खोलिएको छ,  उद्धारको पर्खाल यो आज सजिएको छ) २ (हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाई) २ (अल्फा र ओमेगा राज गर्ने येशू तपाई धार्मिकताले तपाईको भर्नुहोस् यो भवनलाई) २ Rohit Thapa 

Ye Din Hun (Days of Elijah)

Image
यी दिन हुन् एलियाको झै, वचन प्रचार गर्ने यी दिन हुन् प्रभुको दास मोसाको झै, धार्मिकता स्थापित गर्ने यस्तै यी दिन हुन् ठूला परीक्षा, अनिकाल लडाइका हामी हौ उजाड़ स्थानमा कराउने स्वर, प्रभुको बाटो बनाऊ हेर उनि आउँछन् बादलमा सूर्य झै चम्कदै तुरहीको आवाजमा चर्को गरि कराऊ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार यी दिन हुन् इजकिएलका झैं, सुख्खा हड्डि शरीर बन्ने यी दिन हुन् प्रभुको दास दाऊदको झैं, प्रशंसा गर्ने मन्दिर बन्ने अनि यी दिन हुन् कटानीका संसारका खेतहरू हामी हौ प्रभुका खेतका खेताला, वचन घोषणा गर्ने (हेर उनि आउँछन् बादलमा सूर्य झै चम्कदै तुरहीको आवाजमा चर्को गरि कराऊ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार) २ (यहोवे झै छैन ईश्वर) १५ हेर उनि आउँछन् बादलमा सूर्य झै चम्कदै तुरहीको आवाजमा चर्को गरि कराऊ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार Days of Elijah (Nepali Version)

Tapai Ko Cheuma

तपाईको छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई अरु कतै पनि, मिल्दैन विश्राम, यो आत्माले तपाईमा नै विश्राम पाउँछ अरु कतै पनि मेट्दैन तृष्णा, यो मेरो प्राण तपाईमा नै तृप्त हुन्छ, यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई अरु कतै पनि, हुँदैन चोट निको, येशू तपाईमा नै हृदय निको हुन्छ, अरु कतै पनि, मिल्दैन सन्तुष्टि येशू तपाईमा आत्मा सन्तुष्ट हुन्छ यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई Adrian Dewan

Tapai lai Nai Thaha Cha

मलाई सम्हाल्नुहोस, मलाई डोर्याउनुहोस, म त कम्जोर छु, लड्खडाउँद छु (तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन तपाइँ बिना येशू) 2 प्रत्येक दिन सयौं बाधाहरूलाई सामना गर्न पर्दा येशू दिनुहोस तपाईको सामर्थ मलाई, म विजय बनु, प्रत्येक दिन हजारौं आवाजहरु, गुन्जदछ यो मस्तिष्कमा ती मध्ये तपाईको आवाजलाई, म चिन्न सकूँ, (तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन तपाइँ बिना येशू) 2 (तपाईलाई भेट्न आएको छु पुज्न आएको छु आदर गर्न आएको छु तपाइँ झैँ अरु कोहि छैन कोहि पनि छैन तपाई मात्र मेरो प्रभु) 2 Adrian Dewan

Prashna Haru

Image
केही नहुनको सट्टामा किन छ यहाँ केही? के उदेश्यले शुरू भो जीवन अनि कसरी? शुरू भो कसरी? कहाँबाट आयो ब्रमहाण्ड बताईदेउ मलाई सहि-गलतको चेतना मभित्र छ कसरी? मभित्र कसरी? जीवनको अर्थ के हो बताइदेऊ मलाई कोही बाँच्नुको कारण के हो देखाइदेउ? देखाइदेउ मलाई? ईश्वर छ की छैन त्यहाँ बताइदेउ मलाई के हुनेछ मानिसलाई देखाइदेउ मरेपछि? के छ मरेपछि? (विकसित विज्ञानलाई पुरानै प्रश्नहरू बुझाइदेउ चित मेरो, प्रतिक्षामा छु, उत्तरहरूको...) 2 Adrian Dewan

Aaja Ko Din Dekhi

(आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिइहाल्छु दुई दिने जिन्दगीमा मेरो प्रभु येशू सम्हाली देऊ मलाई) २ (मेरै निम्ति कति रोयौ, मेरै खातिर स्वार्ग त्याग्यौ) २ (हात-पाउमा काँटी ठोकि, मेरो जिन्दगीलाई बचायौ) २ (तिमी नै मेरो साहारा...)२ आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिइहाल्छु (संसारको जन्जालबाट, टाढा टाढा लैजाऊ मलाई) २ (जिन्दगीको हरेक कदममा, बिस्तारै डोर्याउ प्रभु मलाई) २ (तिमी नै मेरो साहारा...) २ (आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिइहाल्छु दुई दिने जिन्दगीमा मेरो प्रभु येशू सम्हाली देऊ मलाई) २ Bigyan Baraily