Prashna Haru
केही नहुनको सट्टामा किन छ यहाँ केही? के उदेश्यले शुरू भो जीवन अनि कसरी? शुरू भो कसरी? कहाँबाट आयो ब्रमहाण्ड बताईदेउ मलाई सहि-गलतको चेतना मभित्र छ कसरी? मभित्र कसरी? जीवनको अर्थ के हो बताइदेऊ मलाई कोही बाँच्नुको कारण के हो देखाइदेउ? देखाइदेउ मलाई? ईश्वर छ की छैन त्यहाँ बताइदेउ मलाई के हुनेछ मानिसलाई देखाइदेउ मरेपछि? के छ मरेपछि? (विकसित विज्ञानलाई पुरानै प्रश्नहरू बुझाइदेउ चित मेरो, प्रतिक्षामा छु, उत्तरहरूको...) 2
Adrian Dewan
Comments
Post a Comment