Sitar Bida Baja Bajai

सितार वीणा बाजा बजाई अघि बढौ मण्डली हो
बाईबल वचन प्रर्थनाले थर्काईदेऊ संसार यो
(हाम्रो विजय भएको छ) २

(वचनको गहिराईमा डुब्दै भिझ्दै जाऊ
उहाँको चेला भई अरूलाई सिकाउँदै जाअौ) २
(मृत्युलाई पर सारी जीवनमा पुग्ने हामी) २
( (हो) ५  (हुम्) ३ ) २

(आत्माको अगुवाईमा अनन्त रहस्य खोल
येशू हुन उद्धारकर्ता सारा विश्वलाई भन) २
(थरी थरीका भजनले मुक्त्तीको बखान गर) २
( (हो) ५  (हुम्) ३ ) २
सितार वीणा बाजा बजाई अघि बढौ मण्डली हो
बाईबल वचन प्रर्थनाले थर्काईदेऊ संसार यो
(हाम्रो विजय भएको छ) ४

Bibek Chhetri

Comments

Popular posts from this blog

Ragat le Jiwan Diye

Tapai Ko Darbar Ma