Gyani Banera (Euta Antarbinti)
(ज्ञानी बनेर, हृदय गुमायौँ, संसार जितेर आफै हरायौँ) २
अध्याँरोमा हिड्ने हामीलाई, तिम्रो दिव्य ज्योति देखाई देऊ
(आऊ येशू संसार तिम्रो भत्किरहेछ, रातहरु निराशमा जलिरहेछ ।) २
(फूल्नै नपाई सयौँ कोपिलाहरु किन यहाँ मूर्झाइरहेछ
सल्लाह खोज्दै हिड्ने पाईलाहरु, टेक्नै नपाई लड्खडाइरहेछ) २
भत्किन्दै छ घर तोडिदैछ परिवार येशू तिम्रो सल्लाह खोज्दैछ ।
(अशाह्य कम्जोरको रगत बगाई, शान्ति जित्ने प्रयास चल्दैछ ) २
अबोला अनाथको चिता माथि मान्छेको यहाँ चुला जल्दैछ
(थामिन्न अब साथ भयानक भो रात, चंगाईको बिहानी खोज्दैछ) २
(आऊ येशू संसार तिम्रो भत्किरहेछ, रातहरु निराशमा जलिरहेछ ।) २
Rohit Thapa
Rohit Thapa
God bless you
ReplyDelete