Yeshu Ko Chatima
(येशूको छातीमा ढुकढुकिने येशूको आँखैमा बसिरहने) २
(प्राण भन्दा प्यारो छ आफ्नो रगतले किनेको साइनो
माया यो क्रूसको कहिले नमेटिने) २
(मण्डली हामी हौ ख्रीष्ट येशूको दुलही हामी हौ ख्रीष्ट प्रभुको) २
(सम्बन्ध गहिरीएको मन मुटु खिलिएको
प्रेमले उनको कहिले नटुट्ने यो) २
(ए... नि लहै, ए नि लहै भयौ भेला फेरी आज
आए येशू हाम्रो माझ
ए... नि लहै, ए नि लहै गयौ गीत प्रेमको आज
दिलको राजा येशू राजा) २
(शरीर हामी हौ ख्रीष्ट येशूको शिर हुनुहुन्छ उहाँ हाम्रो) २
(आपसमा गाँसिएको जीवनले भरिएको
प्रभावले यस्को संसारै ढाकिने भो) xहो २
(ए... नि लहै, ए नि लहै भयौ भेला फेरी आज
आए येशू हाम्रो माझ
ए... नि लहै, ए नि लहै गयौ गीत प्रेमको आज
दिलको राजा येशू राजा) २
Adrian Dewan
Adrian Dewan
Comments
Post a Comment