Tapai Ko Darbar Ma

(तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर) २ (झिसमिसे बिहान नभए सम्म, छायाँ हराउदै नगए सम्म) २ (आराधना चढ़ाउछौ तपाईलाई, मनमा सजाउछौ तपाईलाई) २

राष्ट्रहरूले खोजेको, येशू तपाई चाहना हो हाम्रो जातिले रोजेको, राजा केवल तपाई नै हो (मान्छेको बलमा होइन, घोड़ा अनि रथमा होइन) २ (हाम्रो धरहरा तपाई नै, अग्लो चट्टान पनि तपाई) २

जय ध्वनिले स्वर्गै ढाकोस्, मृत्युले अब जीवन साटोस्, रूदै रुदै बीउ छर्नेले, कटनीको आनन्द चाखोस्, (फसल बोकी रमाउदै, हजुरको हात समाउदै) २ (दाई गर्दै नाच्ने आगंनीमा, थुमालाई हेरेर सिंहासनमा) २
(तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर, महिमाको बादल यसै ठाउँ बसेको देखेर) २ (झिसमिसे बिहान नभए सम्म, छायाँ हराउदै नगए सम्म) २ (आराधना चढ़ाउछौ तपाईलाई, मनमा सजाउछौ तपाईलाई) २

Rohit Thapa

Comments

Post a Comment

Popular posts from this blog

Ragat le Jiwan Diye

Sitar Bida Baja Bajai