Ramaune Karan Yeshu ko Naam

(रमाउने कारण  (येशूको नाम) ३ )२
(उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर) २

(डाँडाहरू खुशी भई गीत गाए र रमाए
रूखहरू ताली बजाई तालमा ताल मिलाए) २
सललल खोला बग्यो चिरी बिरी चरी गायो
परमेश्वरको काम देखी सारा प्रकृती रमायो
सिरिरिरि बतास बग्यो मनको पिर उडाई लग्यो
निलो आकाशमा आज मलाई उडु उडु लाग्यो
(उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर) २

(मृत्यु अनि पुनरुत्थान द्वारा आफ्नो ख्रीष्ट येशूले
सबै थोकहरू माथी अधिकार प्राप्त गरे) २
समुन्द्रका गहिरा गहिरा स्थानहरू वहाँकै हुन
पृथ्वीका अग्ला अग्ला हिमालहरू वहाँकै हुन
आकाशका ताराहरू वहाँकै गुनगान गाउँछन
खोला नाला जंगल झरना सबै वहाँमा रमाउँछन
(उहाँ आउनुभो मानिस भएर बचाउनुभो क्रूशैमा चढेर) २

(रमाउने कारण  (येशूको नाम) ३ )२
(उहाँ मर्नुभो पापलाई लिएर बौरी उठ्नुभो विजय भएर) २

Adrian Dewan






Comments

Popular posts from this blog

Tapai Ko Darbar Ma

Ragat le Jiwan Diye

Tapai Ko Cheuma