Aradhana Ko Bhakai le

हो... हो हो... हो हो
हा... हा हा... हा हा

(आराधानाको भाकैले पहाड, तराई, हिमाल गुञ्जीयो
प्रशंसाको शक्तिले अन्धाकारको किल्ला तोडियो) २
(अन्धकारलाई ज्योतिमा, निराशालाई आशामा
थाकेकालाई विश्राम दिनलाई, 
लडेकालाई उठाउन मरेकालाई बचाउन
जीवन दिन येशू आउनुभो) २

(आत्माको झरीले सुक्खा भुमि फेरी भिज्ने भो
प्रशंसाको बलिले, विजय हाम्रो ख्रीष्टमा निश्चित भो) २
(आँशुलाई आनन्दमा, दुःखलाई हर्षमा प्रशस्तको जीवन दिनलाई
अनन्तको मार्गमा सत्यताको पाईलामा
बाटो बनि येशू आउनु भो) २
हो हो हो...

Comments

Popular posts from this blog

Ragat le Jiwan Diye

Sitar Bida Baja Bajai

Tapai Ko Darbar Ma