Posts

Showing posts from August, 2019

Tapai Ko Cheuma

तपाईको छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई अरु कतै पनि, मिल्दैन विश्राम, यो आत्माले तपाईमा नै विश्राम पाउँछ अरु कतै पनि मेट्दैन तृष्णा, यो मेरो प्राण तपाईमा नै तृप्त हुन्छ, यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई अरु कतै पनि, हुँदैन चोट निको, येशू तपाईमा नै हृदय निको हुन्छ, अरु कतै पनि, मिल्दैन सन्तुष्टि येशू तपाईमा आत्मा सन्तुष्ट हुन्छ यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई Adrian Dewan

Tapai lai Nai Thaha Cha

मलाई सम्हाल्नुहोस, मलाई डोर्याउनुहोस, म त कम्जोर छु, लड्खडाउँद छु (तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन तपाइँ बिना येशू) 2 प्रत्येक दिन सयौं बाधाहरूलाई सामना गर्न पर्दा येशू दिनुहोस तपाईको सामर्थ मलाई, म विजय बनु, प्रत्येक दिन हजारौं आवाजहरु, गुन्जदछ यो मस्तिष्कमा ती मध्ये तपाईको आवाजलाई, म चिन्न सकूँ, (तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन तपाइँ बिना येशू) 2 (तपाईलाई भेट्न आएको छु पुज्न आएको छु आदर गर्न आएको छु तपाइँ झैँ अरु कोहि छैन कोहि पनि छैन तपाई मात्र मेरो प्रभु) 2 Adrian Dewan

Prashna Haru

Image
केही नहुनको सट्टामा किन छ यहाँ केही? के उदेश्यले शुरू भो जीवन अनि कसरी? शुरू भो कसरी? कहाँबाट आयो ब्रमहाण्ड बताईदेउ मलाई सहि-गलतको चेतना मभित्र छ कसरी? मभित्र कसरी? जीवनको अर्थ के हो बताइदेऊ मलाई कोही बाँच्नुको कारण के हो देखाइदेउ? देखाइदेउ मलाई? ईश्वर छ की छैन त्यहाँ बताइदेउ मलाई के हुनेछ मानिसलाई देखाइदेउ मरेपछि? के छ मरेपछि? (विकसित विज्ञानलाई पुरानै प्रश्नहरू बुझाइदेउ चित मेरो, प्रतिक्षामा छु, उत्तरहरूको...) 2 Adrian Dewan